२२ भाद्र २०८१, शनिबार
च्याउपानीका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारियो

  • टाइम्स संवाददाता

  • २६ असार २०८१, मंगलवार १०:१५

कोहलपुर : सरकारले भूकम्पका कारण पहिरोको जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारेको छ । गएको कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछि च्याउपानीमा बस्न जोखिम भएको थियो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा गाउँका ११ वटा परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो ।  छ वटा परिवारलाई भेरी–१ मेदेगाउँको खुला चौर र अन्यलाई आफन्तकहाँ तत्कालका लागि बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष दीपक रानाले बताउनुभयो ।

त्यस्तै चार दिनदेखि अवरुद्ध भएको लुम्बिनी– रारा राजमार्गअन्तरर्गत जाजरकोटकोटको भेरी–२ का विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । सडक खुलाउन पहल नभएको स्थानीयवासी पुष्प ओलीले बताउनुभयो ।

Nabintech