२३ भाद्र २०८१, आईतवार
पहिरोले मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध

  • टाइम्स संवाददाता

  • २७ असार २०८१, बुधबार १०:३२

पहिरोले मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध

बाग्लुङ : पहिरोका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भैरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

प्रहरी र स्थानीयबासीले पहिरो पन्छाउने प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो । लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बाग्लुङ र रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका गाडी दुदिलाभाटीमा रोकिएका छन् ।

Nabintech