२ कार्तिक २०८१, शुक्रबार
एमाले सचिवालय बैठक बस्दै

  • टाइम्स संवाददाता

  • २७ असार २०८१, बुधबार १०:३४

काठमाडौं : नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, वार्षिक कार्ययोजना, नेताहरुको कार्यविभाजन र सरकार गठनबारेमा केन्द्रित भएर छलफल हुने प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस र एमालेबिच एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने दुई दलबिच सहमति भएको छ । दुई दलबिच भएको सहमतिका विषयमा समेत सचिवालयमा छलफल हुने विष्टले बताउनुभयो ।

Nabintech