२२ भाद्र २०८१, शनिबार
बाँकेमा जम्मा २५ प्रतिशत रोपाई सकियो

  • टाइम्स संवाददाता

  • २७ असार २०८१, बुधबार १०:४७

कोहलपुर  : बाँकेमा २५ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म दुई प्रतिशत मात्र रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले २५ प्रतिशत रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले बताउनुभयो ।

उहाँले यो साता जिल्लामा पर्याप्त वर्षा भएकोले आठ वटै पालिकामा रोपाइँ तीव्र गतिले भइरहेको जनाउँदै आगामी दस दिनभित्र ८० देखि ९० प्रतिशत रोपाइँ सम्पन्न हुने अनुमान गरिएको बताउनुभयो । त्यसपछि बाँकी रहेको रोपाइँ छिटपुट रूपमा केही दिनसम्म भइरहने पनि कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

Nabintech