बाँके : बाँके जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनले पूर्णखोप दिगोपना सुनिश्चितता जिल्लाको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरी र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीलाई संयुक्त रुपमा प्रदान गरेर पूर्णखोप दिगोपना जिल्ला घोषणा गर्नुभयो ।
सो अवसरमा बोल्नुहुँदै स्वास्थ्य मन्त्री पुनले २१ औं शताब्दीमा हामीले बालबालिकालाई खोजेर खोप लगाई पूर्णखोप घोषणा गरिरहनु दुःखद भएको बताउनुभयो ।