२३ भाद्र २०८१, आईतवार
आज साउने सङ्क्रान्ति

  • टाइम्स संवाददाता

  • १ श्रावण २०८१, मंगलवार ०८:३३

कोहलपुर  : सौरमास अनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने अर्थात् (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ ।

माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । धेरै नेपाली असार महिनाभर खेतीकिसानीमा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्राध्यापक डा. देवमणि भट्टराई बताउनुहुन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् ।

Nabintech