२३ भाद्र २०८१, आईतवार
जैविक विविधता संरक्षण सम्बन्धी तालिम सम्पन्न

  • टाइम्स संवाददाता

  • ७ श्रावण २०८१, सोमबार ०९:५८

जैविक विविधता संरक्षण सम्बन्धी तालिम सम्पन्न

 

बर्दिया : बर्दियाकोठाकुरद्वारामा जैविक विविधता संरक्षण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । सम्वर्धन परियोजनाको आयोजनामा बर्दिया र बाँके जिल्लाका शिक्षक पत्रकार र चोरीशिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरूलाई तालिम दिइएको हो ।
तालिममा जैविक विविधता संरक्षणको महत्व, जलवायु परिवर्तनको असर, न्यूनीकरण र अनुकुलनका विषयमा प्रशिक्षण दिइएको थियो । साथै समुदाय विद्यालय र विभिन्न सरकारी तथा गैरसरकारी तहबाट निस्कने ठोस फोहोर मैलाले जलवायु परिवर्तनमा देखिएको समस्या र त्यसको व्यवस्थापनका लागि गर्न सकिने अभ्यासको बारेमा छलफल गरिएको थियो । 

तालिम युरोपियन संघ, अष्ट्रियन डेभलपमेन्ट को –अपरेशन र आड्राको आर्थिक सहयोगमा एन्साब नेपाल , बि ग्रुप र सामुदायिक वन उपभोक्ता महासङ्घको सहकार्यमा सम्बर्धन परियोजनाले आयोजना गरेको हो । नेपालमा सम्वर्धन परियोजनाले जैविक विविधताको संरक्षण र जिविकोपार्जनको क्षेत्रमा  बर्दिया र बाँके जिल्लामा काम गर्दै आएको छ ।

Nabintech