२३ भाद्र २०८१, आईतवार
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

  • टाइम्स संवाददाता

  • ८ श्रावण २०८१, मंगलवार ०७:५५

कोहलपुर  : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता चेतनारायण आचार्य नियुक्त हुनु भएको छ । आज प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । अर्घाखाँची निर्वाचन क्षेत्र नं. १ क बाट प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागी निर्वाचित नव नियुक्त मुख्यमन्त्री आचार्यले बुधवार पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यतालिका रहेको छ । मुख्यमन्त्री सहित एमाले र कांग्रेका मन्त्रिहरुले पनि सपथ ग्रहण गर्ने योजना बनेको छ । एमालेबाट मुख्यमन्त्री सहित चार र कांग्रेसबाट पाँच जना गरी ९ जना मन्त्रिले सपथ ग्रहण गर्ने छन् । बाँकी तीन जना मन्त्रि पछी नियुक्त गर्ने तयारी छ । यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, त्यसपछी एमाले नेता लिला गिरी नेतृत्वमा बनेको सरकरमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री भइसक्नु भएको छ । माओवादी नेता जोख बहादुर महराको नेतृत्वमा बनेको सरकारमा आचार्य आर्थिक मामिला तथा योजना मन्त्री बन्नु भएको थियो । आचार्य लुम्बिनी प्रदेशमा स्वच्छछवी भएको नेताको रुपमा स्थापित हुनुहुन्छ।

Nabintech