२२ भाद्र २०८१, शनिबार
लुम्बिनीमा एमाले र कांग्रेसले टुंगो लगाएका मन्त्री

  • टाइम्स संवाददाता

  • ९ श्रावण २०८१, बुधबार १०:५१

दाङ : लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम कांग्रेस–एमालेले टुंगो लगाएका छन । पार्टी केन्द्रीय समितिले दिएको नामावलीको आधारमा दुवै पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् ।

नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको छ । अघिल्लो सरकारमा मन्त्री बनेका दुई जनालाइ दोहोर्‍याइएको छ भने दुई जना नयाँ अनुहारलाई मन्त्रिमा स्थान दिइएको छ

कांग्रेस-एमाले समिकरणका आधारमा लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनिसकेका छन् । उनको क्याविनेटमा एमालेको तर्फबाट गुल्मीका दिनेश पन्थी, रूपन्देहीका भूमीश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू र दाङ बाट सीता चौधरी शर्मा मन्त्रीको रुपमा सहभागी हुँदैछन् । पन्थी अघिल्लो सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री र ढकाल खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री थिए।

कांग्रेसले पनि लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंगो लगाएको छ । बर्दिया जिल्लाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने जनाइएको छ ।

गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्ड विक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीको नाम मन्त्रीको रुपमा टुंगिएको जनाइएको छ ।

Nabintech