कोहलपुर : बाकेको राप्ती सोनारी गाउँ पालिका वडा न १ मा सरबर समस्याका कारण सामाजिक सुरक्षा भत्ता बितरणमा समस्याआएको छ। दैनिक ३/४ जनाको मात्र विवरण भर्ने काम भएको छ जसले गर्दा सेवाग्राहीले अत्यन्तै दुख पाएको राप्ती सोनारी गाउँ पालिका वडा न १ का वडाअध्यक्ष यम बहादुर खडकाले बताए। उनले दुखेसो पोख्दै भने- बिहान ७ बजे देखि टाढा टाढाबाट जेष्ठ नागरिक, एकल महिला एव अपांगता भएका ब्यक्तिहरु लाइन लागेर बस्नु हुन्छ बिडम्बना सिस्टम ले काम गर्दैन। बिहान १० देखि ५ बजे सम्म सरबरले काम नगरेका कारण सम्स्या भएको वडा सचिब महेन्द्र खडकाले बताए। उनका अनुसार टेकमाइण्ड्को सरबर रहेको छ अन्य कामहरु सुचारु भए पनि सामाजिक सुरक्षा भताको काम हुन सकेको छैन। दैनिक सयौ सेवा ग्राहिले दुख पाइरहेको स्थानीय नन्दलाल चौधरी बर्ष ५७ले बताए। सामाजिक सुरक्षा परिचय पत्र नवीकरण भाद्र २० गते सम्म तोकिएको छ तर सेवा प्रवाह हुन सकेको छैन यसले गर्दा धेरैले सुबिधा बाट बन्चित हुनु पर्ने देखिन्छ ।वडाका कामको प्राथमिकता बारे जानकारी दिदै वडा अध्यक्ष खडकाले वडामा पहिलो प्राथमिकता सिचाइ रहेको बताउदै कुल बजेट ८५ लाख मध्ये ३५ लाख बजेट सिचाइमा छ्ट्याएको बताए। सुरछित आवास परियोजना मा सम्झौता बमोजिम रकम स्थानियले नपाएको दुखेसो पोख्दै खडकाले सम्झौतामा ७५ हजार भएपनी पहिलो किस्ताको ४५ हजार पाउनु पर्ने मा ११ हजार ७ सयमात्र पाएकाले अन्योलता निम्त्याएको बताए।









