७ मंसिर २०८१, शुक्रबार
समाजवादि युवा संघका जिल्ला अध्यक्ष सहित डेढ सय युवा एमाले प्रबेश

  • टाइम्स संवाददाता

  • १९ श्रावण २०८१, शनिबार २१:३२

नेकपा एकिकृत समाजवादि बाँके युवा संघका बाँके जिल्ला अध्यक्ष दिपेन्द्र कुँवर लगाएत एक सय पचास बढि युवाहरु एमाले प्रबेश गरेका छन । आज नेकपा एमालले कोहलपुर नगर कमिटिले आयोजना गरेको बिशेष कार्यक्रममा उनी लगाएतका युवाहरु एमाले प्रबेश गरेका हुन । दिपेन्द्र कुवर, सुरेश अधिकारी र मदन वि कको नेतृत्वमा एक सय पचास बढि युवाहरु पुरानै आफनो घर नेकपा एमालेमा फर्किएको एमाले कोहलपुर नगर कमिटि अध्यक्ष कुलबहादुर भट्टराईले बताए ।
कोहलपुरमा आयोजित कार्यक्रममा नेकपा एमालेका बाँके जिल्ला ईन्चार्ज शान्ति ढकाल, केन्द्रिय सदस्यहरु सुर्य ढकाल, मो । हारुन हलुवाई, पशुपतिदयाल मिश्र ,जि ल्ला सचिव बलराम भट्टराई, उपसचिव किशो र थापा, नगर अध्यक्ष कुल बहादुर भट्टराई , सचिव हेमकुमार रावत , युवा संघका केन्द्रिय सचिव खेम शर्मा ,कुस्माखर बस्याल लगाएत युवा संघका कार्यकर्ताहरुले नव प्रबेशिहरुको भब्य स्वागत गरेका थिए ।
स्वागत गर्दै नेकपा एमालेका जिल्ला सचिव बलराम भट्टराईले युवा हरुको उर्जाशिल शक्ति लाई समाज परिवर्तनमा नखर्चि आब्हान गर्दै देश बनाउने
जिम्मा युवाहरुकै काँधमा रहेको जिकिर समेत गरेका थिए । उनले हजारौं युवाहरु विदेश पलाएन भईरहेको सन्दर्भमा स्वदेशमै केहि गरौं भन्ने मनासायले स्वदेशमै उद्यम गरि रहेका युवाहरुलाई राज्यले उद्यमशिल वनाउन ठोस निति तय गर्नुपर्नेमा जोड दिएका थिए ।

नेकपा एमालेनगर अध्यक्ष कुल वहादुर भट्टराईको अध्यक्षता मा आयोजित पार्टि प्रबेश कार्यक्रममा एमालेका नेताहरु सुर्य ढकाल, शान्ति ढकाल, पशुपति
दयाल मिश्र, मो ।हारुन हलुवाई र किशोर थापाले समेत आ आफनो मन्तब्य राखेको कार्यक्रमको सञ्चालन नगर सचिव हेम कुमार रावतले गरेका थिए ।

Nabintech