कोहलपुर : माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा बाँकेको कोहलपुर नगरपालिकामा चिट चोराउन खोज्ने दुई जना शुक्रवार पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर –१४ मा रहेको राम माध्यमिक विद्यालयबाट चिट चोराउन खोज्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कोहलपुर ११ का साईमल कार्की र १२ का अर्जुन थारु छन् ।
शुक्रवार गणित विषयको परीक्षा सञ्चालन भइरहेका बेला विद्यालयको पछाडिबाट चिट चोराउन खोज्ने कार्की र थारुलाई प्रहरीले पक्राउ गरेको राम माविका प्रधान अध्यापक जितेन्द्र यादवले जानकारी दिनुभयो ।