६ मंसिर २०८१, बिहीबार
कृष्ण माध्यमिक विद्यालयमा भिमकमला छात्रबृत्ति कोष स्थापना

  • टाइम्स संवाददाता

  • २९ श्रावण २०८१, मंगलवार १३:४१

कोहलपुर : कोहलपुर नगरपालिका वडा न१ कौशिला नगरमामा रहेको कृष्ण माध्यमिक विद्यालयमा भिम कमला छात्रबृत्ति कोषको स्थापना गरिएको छ । स्वर्गिय भिमबहादुर मल्ल ठकुरीको स्मृतिमा उहाँकी धर्मपत्नि कमलादेवी मल्लले १८ लाख रकमको अक्षय कोष स्थापना गर्नु भएको हो ।
कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अक्षयकोषमा भएको रकमको ब्याजबाट बार्षिक २८ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक दिलिप वलीले बताए ।
आज विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरि भिम कमला छात्रबृत्तिको स्थापना गरि बिधिबत रुपमा शुरु गरिएको छ ।
कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीहरु मध्ये १३ जना, अनाथ, गरिब तथा विपन्न जेहेन्दार, द्धन्द्ध पीडितहरुबाट १० जना र दैलेख जिल्लाबाट अध्ययन गर्न आउने जेहेन्दार विद्यार्थीहरु मध्येबाट ५ जनाको छनौट गरि पुरस्कृत गर्ने योजना रहेको बिधालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा प्रसाद चौधरीले समाजमा यस्ता मनकारी ब्यक्तिहरुको साथ र सहयोगबाट सबैले प्रेरणा लिनुपर्ने बताए ।
समाजमा बिकृति बिसंगति बढ्दै गईरहेको आबस्थामा जनप्रतिनिधीहरु पनि चनाखो भई काम गर्न सुझाब चौधरिले दिए ।
सोही अवसरमा बोल्दै चौधरीले जनप्रतिनिधीहरु पनि आफ्ना काम कर्तब्य नर्बिसिकन काम गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख विरेन्द्र शाह, सामाजिक विकास शाखाका संयोजक इश्वरी बि।क, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, राजनितिक दलका प्रतिनिधि, पत्रकार, शिक्षक विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Nabintech