कोहलपुर : मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजना तथा क्याम्पस प्रशासनको समन्वयमा रक्तदान कार्यक्रम भएको हो । क्याम्पस प्रमुख दान बहादुर हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम उदघाटन गरिएको थियो ५१ जनाले रगत दान गरेको बताइएको छ ।बागेश्वरी क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थीहरुले रक्त दान गरेका थिए ।
रक्तदान गर्नेमा छात्राहरुको उल्लेखनीय सहभागीता रहेको क्याम्पस प्रशासनले कोलपुर टाइम्सलाई जानकारी दिएको छ
।