काठमाडौं : स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला १ लाख ५१ हजार ९ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार १ लाख ५१ हजार ४ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ ले घटेको छ । बिहीबार प्रतितोला १ हजार ८ सय ३०मा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ८ सय १५ निर्धारण भएको छ ।
रासस