२६ पुष २०८१, शुक्रबार
चाडपर्व सुरु भएसँगै नेपाली बजारमा खाद्यान्नको भाउमा अस्वाभाविक बृद्धी

  • टाइम्स संवाददाता

  • ११ भाद्र २०८१, मंगलवार ११:३१

कोहलपुर  : चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक बढ्न थालेको छ । नियमित प्रयोग हुने अत्यावश्यक वस्तुहरू चामल र चिनीको मूल्य क्रमिक बढिरहेको छ ।

मूल्य वृद्धि हुनुको स्पष्ट कारण नभए पनि व्यापारीहरू भने चिनी र चामलको मूल्य बढ्नुमा भारतले निकासीमा गरेको कडाइ र भन्सार महसुल वृद्धिलाई कारण देखाउदै आएका छन् । सरकारले स्वदेशी उद्योगको संरक्षण गर्ने नाममा अनावश्यक रूपमा लगाउँदै आएको ३० प्रतिशत भन्सार महसुल एवं अग्रिम आयकर कट्टीबापत १० प्रतिशतको राजस्व उठाउने गरेकाले पछिल्लो महिना चिनी, दलहन र चामलको भाउ बढेको हो ।

चामल प्रतिबोरा दुई सय रुपैयाँ बढेर आएको खुद्रा व्यापार सङ्घले जनाएको छ । दुई महिनाको बिचमा मोटा चामल प्रतिबोरा तीन सय रुपैयाँसम्म, दलहन प्रतिकेजी ९० रुपैयाँसम्म र चिनी प्रतिकेजी २० रुपैयाँ महँगो भएको छ ।

Nabintech