कोहलपुर : नेकपा एमाले निकट अखिल महिला संघ कोहलपुर नगर समितिको आयोजनामा आज तिज विशेष कार्यक्रम सम्पन्न भएको छ।
कोहलपुर स्थित भेरी शीत भन्डारको हलमा भएको कार्यक्रममा महिला दिदी बहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
अखिल नेपाल महिला संघ कोहलपुर नगर अध्यक्ष उर्मिला पान्डे अधिकारिको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन नेकपा एमाले केन्द्रिय सदस्य एवं बाके इन्चार्ज शान्ती ढकालले गर्नु भएको थियो।
उदघाटन्का अवसरमा बोल्दै प्रमुख अतिथी ढकालले एमाले सदैब पिछ्डिएको समुदाय र महिला अधिकारका लागि लडिरहेको बताइन।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष निरक गुरुङ लगायतले बोल्नु भएको थियो।
सो अवसरमा नेकपा एमालेका स्थानीय , जिल्ला , प्रदेश तथा केन्दिय नेताहरुको सहभागीता रहेको थियो।
कार्यक्रममा तिजको दर खाने र नाचगान गरि रमाइलो गरि मनाइएको एमाले नेत्री बिम्मी पन्थिले बताइन।