ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाका प्रमुख अतिथि कोहलपुर नगरपालिका मेयर पुर्ण प्रसाद आचार्यले पुस्तकालय सबैको साझा थलो भएको बताए । उनले पुस्तकालय स्थानीय सरकारको सम्पत्ती भएको बताउँदै यसमार्फत समाज उठेका विभिन्न विषयमा बसह चलाउनु पर्ने धारणा राखे । कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति बाँकेकि उपाध्यक्ष सीता कार्कीले पुस्तकालयले कला, साहित्य, संस्कार, संस्कृति लगायतका कुराहलाई जोगाउन पहल गर्नु पर्ने बताईन् । सोही अवसरमा कार्यक्रमका विशिष्ट अतिथि कोहलपुर नगरपालिकाका पूर्व मेयर लुट वहादुर रावतले पुस्तकालय सवैको साझा संस्था भएकाले यसको विकासमा सवै क्षेत्रले सहयोग गर्नु पर्ने वताए । कार्यक्रममा बागेश्वरी बहुमुखि क्याम्पस प्रमुख दानबहादुर हमाल, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, नेपाली काँग्रेसमा नगर सभापति वीरेन्द्र कुमार शाह, नेकपा एमाले कोहलपुर नगर कमिटि अध्यक्ष कुलबहादुर भट्टराई लगायतले बोलेका थिए। पुस्तकालयले आफनो बार्षिक साधारणसभामा विभिन्न क्षेत्रमा काम गर्नेहरूलाई सम्मान समेत गरेको छ। यसरी सम्मान हुनेहरूमा स्वर्गीय हरि प्रसाद पौडल स्मृती समाजसेवी पुरस्कारबाट कोहलपुर नगरपालिकाका पूर्व मेयर लुटवहादुर रावत, नियमित पाठकतर्फ निमबहादुर थापा, वर्ष पुस्तक दाताको रूपमा भरत पनेरू, सरसफाई अभियानमा सहयोगकर्ता कोहलपुर नगर प्रहरी प्रमुख वीरवहादुर थापा, शैक्षिक संस्थामा सहयोग तथा अक्षयकोष निर्माण गर्ने शिक्षाप्रेमी कमला मल्ल, पुस्तकालयलाई नगर सूचना केन्द्र निर्माण गर्न सहयोग गर्ने गोविन्द प्रसाद पाण्डे रहेका छन। पुस्तकालय दिवसको अवसरमा पाक्षिक रूपमा संचालन भएको विभिन्न कार्यक्रमका बिजेताहरूलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष चेतकान्त भट्टराई को अध्यक्षता र सचिव एकराज शर्माले कार्यक्रम संचालन गरेका थिए ।