कोहलपुर : नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल बिभागको ब्यवस्थापनमा दुई दिने प्रशिक्षण कार्यक्रम बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको छ । नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरुको क्षमता विकास सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रमको सोमबार बर्दियाको ठाकुरद्वारामा उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गरेका हुन।


उदघाटन सत्रमा बोल्दै महासचिव पोख्रेलले मुलुकमा लामो समयदेखी देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि कांग्रेससंग गठबन्धन बनेको दावी गर्नुभयो । महासचिव पोखरेलले १० औ महाधिवेशनबाट पारित सिद्धान्त,कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिनुभयो । कार्यक्रममा पार्टीका उपमहासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले मार्क्सवादी अध्ययन,जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिनुभयो । कार्यक्रममा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी संगठनका समस्या र समाधानका उपाय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि,विकास र सुशासनमा पार्टी पङ्तिको दायित्व र घनश्याम कोइरालाले प्रशिक्षण विधि,व्यवस्थापन शैली र कला विषयमा सहजीकरण गर्नुहुने नेकपा एमाले जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

