३१ भाद्र २०८१, सोमबार
सार्वजनिक बिदामा ओपिडी सेवा सञ्चालन गर्न पत्राचार

  • टाइम्स संवाददाता

  • १८ भाद्र २०८१, मंगलवार १३:४७

काठमाडौं :  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन बहिरङ्ग सेवा (ओपिडी) लगायतका सेवा सञ्चालन गर्न सरकारी अस्पताललाई पत्राचार गरेको छ । मन्त्रालयले आफ्ना मातहातका स्वास्थ्य संस्थालाई परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा सो सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशनात्मक परिपत्र गरेको हो ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कतिपय सरकारी अस्पतालमा सार्वजनिक बिदाको दिन बहिरङ्ग सेवालगायतका सेवाहरु अरु दिनमा जस्तो सञ्चालन नहुने गुनासो आएको भन्दै ७ भदौमा स्वास्थ्य सचिवलाई पत्र लेखेर ध्यानाकर्षण गराएको थियो ।

प्रधानमन्त्री कार्यालयको पत्रपछि स्वास्थ्यले मातहतका अस्पताललाई सार्वजनिक बिदाको दिनमा पनि ओपिडी लगायतका सेवाहरु निर्बाध सञ्चालन गर्न निर्देशन दिएको हो ।

Nabintech