३१ भाद्र २०८१, सोमबार
प्याजको भाउ महँगियो

  • टाइम्स संवाददाता

  • १८ भाद्र २०८१, मंगलवार १४:०४

पछिल्लो एक सातायता नेपाली बजारमा प्याजको भाउ महँगिएको छ । प्याजमा भारतसँग परनिर्भर रहँदै आएको नेपाल भारतमा महँगो भएको हल्ला आउनेबित्तिकै यसको असर नेपाली बजारमा देखिन थालेको हो ।

पछिल्लो एक साताको बिचमा प्याजको भाउ थोकमै प्रतिकेजी ४० रुपैयाँ महँगिएको छ भने खुद्रा भाउ अझै महँगो भएको छ । देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार प्रतिकेजी १२० रुपैयाँ थोकमा कारोबार भएको छ । जबकि एक साताअगाडि प्याज प्रतिकेजी ८० रुपैयाँ थोकमा कारोबार भएको थियो ।

खुद्रा बजारमा प्याज प्रतिकेजी १५० रुपैयाँमा कारोबार भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा पछिल्लो एक सातादेखि औसतमा ४५ मेट्रिक टन प्याज भित्रिएको छ । भारत सरकारले प्याज निर्यातमा कडाइ गर्न निर्यात महसुल वृद्धि गरेकाले यसको असर नेपाली बजारमा देखिएको हो ।

Nabintech