३१ भाद्र २०८१, सोमबार
बालबालिकामा डेंगु र स्क्रवटाइफसको सङ्क्रमण बढ्दै

  • टाइम्स संवाददाता

  • २२ भाद्र २०८१, शनिबार १४:१५

बाँके : बाँकेका विभिन्न अस्पतालमा उपचारका लागि आएका बालबालिकाहरूमा डेंगु र स्क्रवटाइफस देखिने क्रम बढ्न थालेको छ ।

पश्चिम नेपालको रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज र कोहलपुर शिक्षण अस्पताल, केयर सिटी अस्पताल तथा निजी क्लिनिकहरूमा उपचारका लागि आउने बालबालिकामा डेंगु र स्क्रवटाइफ देखिने क्रम बढेको चिकित्सकहरूले बताएका छन् ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरका बालरोग विशेषज्ञ डा.नीरज आचार्यले अस्पतालमा बिरामी बालबालिकाहरू आउने क्रम बढेको जनाउँदै ३० बेड क्षमताको पेड्राइटिक वार्ड अहिले भरिएको बताउनुभयो ।

पेड्राइटिक वार्ड भरिएपछि इएन्टी र सर्जरी वार्डमा समेत राखेर उपचार गर्नु परिरहेको जनाउँदै उहाँले उपचारका लागि आउने बालबालिकाहरूमा डेंगु र स्क्रवटाइफस पनि देखिएको बताउनुभयो । उहाँले अझै पनि चार–पाँच जना डेंगु र स्क्रवटाइफसका बिरामीहरू उपचारार्थ रहेको जनाउनुभयो ।

Nabintech