३१ भाद्र २०८१, सोमबार
जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न मुख्यमत्रीको आह्वान

  • टाइम्स संवाददाता

  • २२ भाद्र २०८१, शनिबार १४:२०

अर्घाखाँची : प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न निजामती कर्मचारीहरुलाइ आह्वान गर्नु भएको छ । निजामती सेवा दिवस २०८१ अवसरमा जिल्ला प्रशासन कार्यालयले शनिवार अर्घाखाँचीमा आयाेजित शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई चुस्त, छिटाे छरिताे, विश्वासिलो र जनउत्तरदायी बनाउन आह्वान गर्नु भएको हाे । कर्मचारीहरु प्रति समाजले हेर्ने दृृष्टिकाेणमा परिवर्तन आउन थालेकाे भन्दै सकारात्मक परिवर्तनका लागि कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहमा पारदर्शिता, जवाफदेही र उत्तरदायीपूर्ण हुनुपर्ने भनाइ मुख्यमन्त्री आचार्यकाे छ

`हरेक क्षेत्रमा पारदर्शिता, जवाफदेही अनि उत्तरदायित्व आवश्यक पर्छ । कर्मचारीले दिने सेवामा यी बिषय महत्त्वपूर्ण हुने भएकाले ध्यान दिन जरुरी छ´उहाँले भन्नुभयाे-`कर्मचारी प्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सेवा प्रवाहलाई नागरिक मैत्री, सुशासन र जवाफदेही युक्त बनाउन जरुरी छ ।´ यस्तै सम्बाेधनकाे क्रममा मुख्यमन्त्री आचार्यले हुने कामहरुलाइ पनि कानुनी कुरा देखाएर अलमल्याउने काम गर्न नहुनेमा जाेड दिनुभयाे ।`छिटाेछरिताे सेवाकाे आवश्यकता छ । तर, हामी हुने कामलाई पनि कानुकाे शिरानी हालेर, कानुनकाे आड लिएर कतिपय गाँठोहरु आफै पार्ने गर्छाैं´उहाँले भन्नुभयाे-`म विनम्रताका साथ अनुराेध गर्न चाहन्छु, हामिले कानुनकाे गाँठाे पारेर, त्याे शिसानी हालेर जनसेवा हुन सक्दैन । यदि कानुन गाँठाे परेकाे छ भने त्यसलाई कसरी फुकाउन सकिन्छ, हामी त्यसकाे निकास खाेज्न तिर लाग्न जरुरी छ ।´ मुख्यमन्त्री आचार्यले कर्मचारी तहले बल्झाउने भन्दा निकास खाेज्ने काममा सक्रियता बढाउन जरुरी रहेकाे धारणा राख्नु भयाे ।`मैले धेरै ठाउँमा देख्ने गर्छु । निकास खाेज्न भन्दा बल्झाउनेतिर जाने जुन खालेकाे हाम्राे परिपाटी काे विकास भएको छ, यसकाे अन्त्य हुन जरुरी छ´मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`प्रदेश सरकार निजामती कर्मचारीहरुकाे हाैसला र उत्साह बढाउन तयार छ । त्यहीँ अनुसार निजामती सेवा ऐनहरुमा वृत्तिविकासका अवसरहरु समावेश छन ।´ यस्तै प्रदेशमा देखिएकाे कर्मचारीकाे अभाव हटाउन लाेक सेवा आयाेग मार्फत झण्डै २ हजार कर्मचारी भर्नाकाे विज्ञापन खाेल्ने तयारी सरकारले गरेकाे मुख्यमन्त्री आचार्यले जानकारी दिनु भएको थियाे । निजामती कर्मचारी दिवसकाे अवसरमा आयाेजित विभिन्न प्रतियोगितामा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।

Nabintech