३१ भाद्र २०८१, सोमबार
सेलेना गोमेज बनिन् अमेरिकाको कान्छी अर्बपति

  • टाइम्स संवाददाता

  • २२ भाद्र २०८१, शनिबार १४:२५

कोहलपुर  :  अमेरिकाकी ३२ वर्षिया पपस्टार तथा अभिनेत्री सेलेना गोमेज अर्बपति बनेकी छन् ।सौन्दर्य प्रशाधन उत्पादन गर्ने ‘द रेयर ब्युटी’ कम्पनीको संस्थापक समेत रहेकी गोेमेजको अनुमानित सम्पत्ति १.३ बिलियन अमेरिकी डलर पुगेको छ । योसँगै उनी अमेरिकाको कान्छी अर्बपतिमध्ये एक बनेकी छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनको आम्दानी सो ब्राण्डमा आधारित छ जसलाई गोमेजले सन् २०१९ मा स्थापना गरेकी थिइन् । यसमा उनको कूल सम्पत्तिको ८० प्रतिशत हिस्सा छ ।

पछिल्लो १२ महिनामा यो ब्राण्डले ४ सय मिलियन डलरको सामान विक्री गरेको छ । उनको कूल सम्पत्तिमा मानसिक स्वास्थ्यबारेको स्टार्टअप, संगीत एल्बम बिक्री, स्ट्रिमिङ सम्झौता, ब्राण्ड साझेदारी, कन्सर्टको टिकट र अभिनयबाट प्राप्त हुने पारिश्रमिक समावेश भएको समाचारमा उल्लेख छ । एजेन्सी 

Nabintech