१३ आश्विन २०८१, आईतवार
ठकुरी एकता समाज कोहलपुरद्धारा शुभकामना आदानप्रदान

  • टाइम्स संवाददाता

  • १३ आश्विन २०८१, आईतवार ०७:१३

कोहलपुर  / ठकुरी एकता समाज कोहलपुर–३, बाँकेको आयोजनामा बडा दशै तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । शनिबार कोहलपुर बागेश्वरी ईमी स्कुलको सभाहलमा औपचारीक कार्यक्रम गरेको थियो ।
ठकुरी एकता समाजका कोहदपुर ३ का अध्यक्ष हिमाल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा ठकुरी सहयोग सञ्जालका बाँके जिल्ला अध्यक्ष दिपक कुमार शाहीको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्दै ठकुरी एकता समाज कोहलपुर ३ का सल्लाहाकार संयोजक केशबराज शाहीले ठकुरीको एकता कुनै अन्य जातजातीलाई असर नगरी ठकुरीहरुको कला संस्कृति बचाउने र देशै भरी रहेका ठकुरीको एकता गरी आफ्नो कला संस्कृति र भाषा लगाएको संरक्षणका लागि भएको बताउनु भएको थियो । यस्तै उहाँले ठकुर िएकता भए भने अन्य जातजातीले डाहा गर्नुपर्ने अवस्था नरहेको समेत बताउनु भयो । हाम्रो एकता ठकुरीको हो यसले समाजमा सकारात्मक कार्यको थालनी गर्ने र नकारात्मक गतिबिधिलाई न्यूनिकरण गर्ने भएको हुदा यसबाट आतिहाल्नु पर्ने अबस्था नरहेको समेत उहाँले बताउनु भयो ।
कार्यक्रममा बैजनाथ गाउँपालिका २ का वडा अध्यक्ष राजु रुचाल, बागेश्वरी ईमी स्कुलका सञ्चालक विष्णु केसी, विद्यालयका प्रिन्सिपल कलाधर चापागाई, सुनमाया मल्ल, संस्थाका सल्लाहाकार संयोजक केशव राज शाही, धर्म बहादुर शाही, भोजराज शाही, अग्र बम, कर्ण बहादुर शाही, जिवन शाही, दुर्ग बहादुर शाही लगायतलाई मायाको चिनो प्रदान गरेका थिए ।

Nabintech