१९ आश्विन २०८१, शनिबार
उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको केन्द्र बन्दै थिंक एजुकेशन कन्सल्टेन्सि मेयर आचार्य

  • टाइम्स संवाददाता

  • १६ आश्विन २०८१, बुधबार २०:५३

कोहलपुरमा रहेको थिंक एजुकेशन कन्सल्टेन्सिले कोहलपुरमा बृहत गोष्ठि तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुरको साझा चोकमा रहेको कन्सल्टेन्सिले कोरिया जान चाहाने विद्यार्थीहरुका लागि उक्त गोष्ठिको आयोजना गरिएको कन्सल्टेन्सिका प्रबन्धक निर्देशक दिपेन्द्र कुवँरले बताए । कार्यक्रम कोहलपुरको पार्टी प्यालेसमा सम्पन्न भएको थियो । कोरियामा रहेको यूनिर्भसिटी अफ मिडिया आर्टसका नेपाल प्रतिनिधी पार्क जोंग चुलले कार्यक्रममा सहजिकरण गरेका थिए । उनले कोरिमा नेपाली विद्यार्थीका लागि राम्रो अवसर रहेको र कम लागतमा जान सकिने भएको हुदा पनि कोरियामा नेपाली विद्यार्थीको चाप बढ्दै गएको पनि चुलले गोष्ठिमा बताएका थिए । कोरिया अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि सहज र कोरियाको रहन सहनका बारेमा समेत जानकारी दिइएको थियो । कोरिया अध्ययन गर्न जादाँ प्रक्रियाका बारेमा कसरी थाहा पाउने र कसरी विश्वविद्यालयका बारेमा कसरी पूर्व सुचना लिन सकिन्छ भन्ने विषयमा पनि सहभागिहरुलाई बताइएको थियो ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयरपूर्ण प्रसाद आचार्यले नेपालीहरुको विद्यार्थीहरुको रोजाई पछिल्लो समय नेपालमा केहि गरौँ भन्ने भन्दा पनि उच्च शिक्षाका लागि यूरोप, अमेरीका, अष्ट्रेष्लिा जस्ता देशमा बढि भएको हुदा पनि उनीहरुलाई नेपालमा रोक्न नसकिएको तितो यर्थाथ रहेको बताएका थिए । नेपालमा हुने खाने बर्गका बालबालिकाहरु पनि नेपालमै केहि नगरी बिदेश पलाएन हुदा अझ ठुलो चुनौतिको रुपमा रहेको जिकीर गरे । लाखौ खर्च गरेर बिदेशिएका युवा यूवतीहरुका लागि बिकसित मुलुकहरुमा रोजगारी शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा कुनै अभाब नभएको हुदा पनि आकर्षण बढ्दै गएको आचार्यले बताए । छोटो समयमा कोहलपुरमा आफुलाई स्थापित गर्न सफल भएकोमा थिंकलाई अझ गुणस्तरिए बनाउन पनि मेयर आचार्यले सुझाब दिएका थिए ।
कार्यक्रममा थिंक कन्सल्टेन्सिमा अध्ययनरत विद्यार्थीका साथै अन्य विद्यार्थीरुको उल्लेखिय मात्रामा सहभागिता रहेको थियो ।

कोहलपुर क्षेत्रमा शाखा कार्यालको रुपमा स्थापना भएको थिंकले काठमाण्डौँबाट भने लामोसमय देखि जापान, कोरिया र यूरोपियन मूलुकहरुमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि भाषा लगाएत अन्य विषयमा सहजिकरण गर्दै आएको छ ।

Nabintech