६ कार्तिक २०८१, मंगलवार
दशैंको अवसरमा प्रहरीले दुई दिन निस्शुल्क बस चलाउनेस: २ वटा रुट, २ वटै सिफ्ट

  • टाइम्स संवाददाता

  • २५ आश्विन २०८१, शुक्रबार ०६:३८

नेपाल प्रहरीले दशैंको अवसरमा यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।  यात्रुको सहजताका लागि यो बस सेवा २०८१ सालको असोज २५ र २६ गते दशैंका मुख्य दिनहरूमा सञ्चालन हुने प्रहरीले जनाएको छ ।

पहिलो रुटमा बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।  त्यस्तै २ नम्बरको रुटमा नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधानकार्यालय नक्साल आइपुग्नेछ ।

दुवै रुटमा दुई सिफ्टमा बस चलाइनेछ । पहिलो सिफ्ट बिहानको साढे ८ बजे र दोस्रो सिफ्ट दिउँसोको ४ बजे शुरू हुने प्रहरीले जनाएको छ ।

Nabintech