कोहलपुर नगरपालि का वडा नं. ८ स्थित सरसस्वती चोक नजिक एक मान्छेको टाउको काटि फरार रहेको अभियोगमा आज विहान साविक घर्ति गाउ रोल्पा घर भएका अन्दाजि ३० बर्षिया अनिल परियार पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । परियारलाई कोहलपुर प्रहरी टोलिले अगैया कुसुम खण्डको राप्ति सोनारी १ तिनघारी टोल स्थित भौका नाका जाने वाटोवाट तिर्थमालि परियारको घर किनारमा रहेको शौचालयवाट पक्राउ गरेको जनाएको छ ।
कार्तिक २६ गते विजया दशमि दिन कोहलपुर ८ पिपिरीका बर्ष ४० का चन्द्र वहादुर कामिको सोहि दिन राति १२ वजे टाउको नभएको शव फेला परेपछि
निरन्तर अनुसन्धानमा खटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले मृतकको टाउको हिजो मात्र परियारको वहिनीको घरको ट्वाईलेटको सेफ्टी ट्यांकीमा फेला पारेको थियो । मृतकको टाउको फेला पारेको कोहलपुर प्रहरीले टाउको फेला पारेको केहि घण्टामा नै आरोपितलाई पक्राउ गर्न सफल भएको हो ।
विजया दशमीका दिन दिउसभरि संगै रहेका अनिल परियार चन्द्र वहादुर कामि काटिएपछि फरार भएका थिए । फरार रहेकै आधार मान्दै कोहलपुर प्रहरीले
हत्याराको नजिक पुगेको दावि समेत गरेको थियो । शिलशिलावद्ध तरिकाले अनुसन्धान गरिरहेको कोहलपुर प्रहरीको यो सफलता ले अपराधिले मुक्ति नपाउने सन्देस दिएको छ भने अपराधिहरु पानी मुनि गएपनि उम्किन पाउदैनन भन्ने नजिर स्थापित गरेको छ । आरोपितलाई ईप्रका कोहलपुरको टोलिले निज भेटिएको ठाउँबाट कोहलपुर ल्याई म्याद थप गरि अनुसन्धानलाई अगाडि वढाउने गरि अगाडि बढने जनाएको छ ।
परियारलाई कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राज कुमार भट्टको कमाण्डमा र तालुक कार्यालय ईप्रका कुसुमका प्रहरी नायव निरिक्षक
मोहनलाल वलिको कमाण्डले पक्राउ गरि अनुसन्धानका लागि थुनामा राखेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।