६ मंसिर २०८१, बिहीबार
नेपालगञ्ज कनक्लेभ मंसिर २० र २१ गते हुने

  • टाइम्स संवाददाता

  • १२ कार्तिक २०८१, सोमबार ०७:५४

नेपालगञ्ज – नेपालगञ्ज कनक्लेभको दोस्रो संस्करण मंसिर २० र २१ गते हुने भएको छ ।  धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजना हुँदै आएको कनक्लेभ नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरसँगको सहकार्यमा क्रियटिभ ह्याण्डस्ले आयोजना गर्दै आएको छ । यसपटक आठ वटा सत्रमा छलफल गरिने तय भएको नेपालगञ्ज कनक्लेभका निर्देशक जनक नेपालले बताए । उनका अनुसार कनक्लेभमा स्थानीय मुद्दाका रुपमा नेपालगञ्जको ऊर्जा सङ्कटलाई बहसको विषय बनाइएको छ ।

यसैगरी, शिक्षा प्रणालीमा गर्नुपर्ने सुधारका साथै अर्थतन्त्र सुदृढीकरणका लागि व्यापार घाटाको दिगो व्यवस्थापनबारे पनि छलफल हुनेछ । अर्थतन्त्रसँगै जोडिएको अर्को विषय पर्यटनमा अर्को सत्र संचालन हुनेछ । त्यसमा नेपालको पर्यटन व्यवसायको नक्सामा पश्चिम नेपालको सम्भावनाको खोजी हुनेछ । पश्चिम नेपालमा बन्नसक्ने नयाँ पर्यटकीय सर्किटबारे बहस हुने अपेक्षा आयोजकको छ ।

नेपालगञ्ज कनक्लेभ १०औं धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा हुनेछ । त्यसैले खेलकुद्लाई जोडेर ‘किन दौडिन्छ मानिस रु’ भन्ने सत्र राखिएको छ । साहित्यमा नेपाली आख्यानबारे चर्चा हुनेछ भने यसपटक राजनीतिक सत्र पनि थपिएको आयोजकले जनाएको छ ।

नेपालगञ्ज कनक्लेभका दुवै दिनका शुभारम्भ विद्वत प्रवचनबाट हुनेछन् भने बहुभाषिक कविता वाचन र मुशायरा पनि सँगै हुनेछन् ।

 

Nabintech