६ मंसिर २०८१, बिहीबार
दीपक मनाङेलाई ज्यान मुद्दामा सर्वोच्चद्वारा ५ वर्ष कैद सजाय

  • टाइम्स संवाददाता

  • २० कार्तिक २०८१, मंगलवार १९:१२

काठमाडौं-  ्गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोक्ने उच्च अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरिदिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार उच्च अदालतको फैसलालाई सदर गरिदिएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले मनाङेलाई २ वर्ष कैद सजाय तोकेको थियो । मनाङेले उक्त सजाय भुक्तान गरिसकेका छन् ।  त्यसपछि उच्च अदालतले थप ३ वर्ष कैद सजाय तोकेपछि त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

सर्वोच्चको यो फैसलापछि उनले अब थप ३ वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेछ ।

Nabintech