१८ मंसिर २०८१, मंगलवार
८ वर्षको प्रयासपछि भोलिबाट बंगलादेशमा विद्युत निर्यात हुँदै

  • टाइम्स संवाददाता

  • २९ कार्तिक २०८१, बिहीबार १९:००

काठमाडौं – ८ वर्षको प्रयासपछि नेपालबाट बंगलादेश विद्युत निर्यात हुने भएको छ । भोलिबाट नेपालको बिजुली भारत निर्यात हुनेछ । भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) अनुमती दिएपछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले भोलीबाट नेपालको बिजुली बंगलादेशमा निर्यात हुने बताए । उनले भने, ‘भोलिबाट नेपालको बिजुली बंगलादेश निर्यात हुने छ । भोलि १२ः४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात गर्ने छौं । ८ वर्ष पहिलेदेखि बंगलादेशलाई बिजुली बेच्ने छलफल भएको थियो । अब भोलीबाट भने निर्यात हुने छ ।’

Nabintech