७ मंसिर २०८१, शुक्रबार
डीआईजी गुरुङ र ढकाल एआईजीमा बढुवा, प्रमुख सूचना आयुक्तमा डा. आचार्य नियुक्त

श्रीलंकाकाको राजदूतमा डा. नेपाली सिफारिस


  • टाइम्स संवाददाता

  • ७ मंसिर २०८१, शुक्रबार ०६:३८

काठमाडौं । सरकारले नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी०मा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एआईजीपीमा बढुवाका लागि बढुवा समितिबाट सिफारिस भएका डीआईजीपी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा गर्ने निर्णय गरेको हो ।  गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने ढकाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा कार्यरत रहेका छन् ।

यस्तै सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा।सुरेश आचार्यलाई नियुक्त गरेको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम बरिष्ठ पत्रकार आचार्यलाई आयोगको प्रमुख सूचना आयुक्तमा नियुक्त गरेको र सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । आचार्य नेपाली काँग्रेस निकटका हुन् भने विष्ट र भण्डारी नेकपा ९एमाले० निकट हुन् ।

श्रीलंकाकाको राजदूतमा डा.नेपाली सिफारिस

मन्त्रिरिषद् बैठकले श्रीलंकाका लागि राजदूतमा डा.पूर्णबहादुर नेपालीलाई सिफारिस गरेको छ । बैठकले उनलाई माल्दिभ्सका लागि गैरआवासीय राजदूत पनि सिफारिस गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । कपिलवस्तु स्थायी घर भएका नेपाली काठमाण्डु विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका छन् ।

Nabintech