७ मंसिर २०८१, शुक्रबार
पाकिस्तानमा साम्प्रदायिक झडप बढ्यो, गुडिरहेका गाडीमा आक्रमण हुँदा ४२ जनाको ज्यान गयो

  • टाइम्स संवाददाता

  • ७ मंसिर २०८१, शुक्रबार १४:३६

पाकिस्तानमा साम्प्रदायिक झडप बढ्न थालेको छ । आज मात्रै पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा बन्दुकधारीले यात्रुबाहक बसमा गरेको आक्रमणमा ४२ जनाको ज्यान गएको छ । बन्दुकधारीको आक्रमणबाट अरु १६ जना गम्भीर घाइते भएका सीएनएनले जनाएको छ ।

अफगानिस्तानसँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गुडिरहेको गाडीमा आक्रमण भएको हो । गाडीमा झण्डै दुई सय जना यात्रु रहेका खबरमा उल्लेख छ । भूमिको स्वामित्वलाई लिएर यो क्षेत्रमा दशकौँदेखि शिया र सुन्नि मुस्लिम हतियारधारी समूहबीच विवाद रहँदै आएको छ । अहिलेसम्म कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएको छैन ।

यसअघि हिजो यही क्षेत्रमा भएका दुई आक्रमणमा ३२ जनाको ज्यान गएको थियो । शिया समुदायका दुई अलग–अलग समूहमा आक्रमण भएको थियो । पाकिस्तानमा हुने सामुदायिक झडपमा परी वर्षेनि सयौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् । गएको अक्टोबरमा भएको झडपमा पनि १६ जनाको ज्यान गएको थियो ।

Nabintech