११ मंसिर २०८१, मंगलवार
एमाले बाँकेले गर्यो प्रदेश सभा सदस्यलाई कारबाही

  • टाइम्स संवाददाता

  • ११ मंसिर २०८१, मंगलवार १०:३९

नेकपा एमाले बाँकेले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाप्रसाद चौधरीलाई अनुशासनको कारबाह गरेको छ । एमाले बाँकेका अध्यक्ष निरक गुरुङले सांसद चौधरलाई पार्टी सदस्यताबाट निलम्बन गरिएको जनाएका छन । चौधरीले पार्टी तथा महासचिवको मानहानी हुने गरि सामाजक संजालमा बिभिन्न अभिव्यक्ति दिने र पार्टीको मूल्य मान्यता विपरित सार्वजनिक रुपमा गालि गलौज गर्ने गरेको भन्दै पार्टीबाट निलम्बन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । अध्यष गुरुङ हस्ताक्षर गरेको निलम्बन पत्रमा पार्टी विधानको धारा ८ को ३ र ४ बमोजम चौधरलाई स्पष्टिकरण सोधिएकोमा उनले समग्र पार्टी बिरुद्ध लिखिल जवाफ दिएको भन्दै कारबाहि गरिएको जनाइएको छ ।

Nabintech