१६ मंसिर २०८१, आईतवार
६ वटा देशमा एचआईभी सङ्क्रमण एक सय प्रतिशतले वृद्धि

  • टाइम्स संवाददाता

  • १६ मंसिर २०८१, आईतवार १२:१८

विश्वभर एचआईभी सङ्क्रमण घट्दै गर्दा छ वटा देशमा भने उच्च रूपमा बढेको पाइएको छ । सन् २०१० देखि २०२३ को बीचमा अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुआ न्यूगिनी र साउदी अरबमा एचआईभी सङ्क्रमण एक सय प्रतिशतले वृद्धि भएको एचआईभी र एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम यूएनएड्सले जनाएको छ ।

सन् २०१० यता विश्वमा एचआईभीको नयाँ सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ३९ प्रतिशतले घट्नुको साथै ज्यान गुमाउने मानिसको सङ्ख्या आधाले घट्दा पनि छ वटा देशमा संक्रमण र ज्यान जाने घटना दुवै बढेका हुन् । यूएनएड्सका अनुसार अहिले विश्वमा झन्डै चार करोड मानिसलाई एड्स भएको छ । तीमध्ये आधाजति दक्षिणी र पूर्वी अफ्रिकामा छन् ।

Nabintech