७ पुष २०८१, आईतवार
काठमाण्डु र चितवन आज पहिलो खेल खैल्दै

  • टाइम्स संवाददाता

  • १७ मंसिर २०८१, सोमबार ०८:२०

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाण्डु गुर्खाज र चितवन राइनोज आजको पहिलो खेलमा भिड्दै छन् । गुर्खाज र राइनोजबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि सुरु हुनेछ । काठमाडौं र चितवन टोलीबीच केही समानता पनि छ । दुवै टोलीको मार्की तथा कप्तानमा राष्ट्रिय टोलीका आक्रमक ब्याटिङ गर्ने खेलाडी छन् । मिडियम पेसर तथा लोअर अर्डरमा ब्याटिङ गर्ने करण केसीले काठमान्डुको कप्तानी गर्नेछन् भने युवा अलराउण्डर कुशल मल्लले चितवनको कप्तान सम्हाल्नेछन् ।

यसअघि करणले फ्रेन्चाइज प्रतियोगिताहरुको नेतृत्व गरिसकेको भएपनि कुशल मल्ल एनपीएलमार्फत नै कप्तानी डेब्यु गर्दैछन् । मल्ल यस एनपीएलका सबैभन्दा कान्छा मार्की खेलाडी र कप्तान् ।  काठमाण्डुमा करणसहित राष्ट्रिय टिमका भिम शार्की छन् भने राष्ट्रिय टिमबाट खेलेका शाहब आलम र रासिद खान पनि छन् । यसबाहेक घरेलु क्रिकेट खेलिरहेका शंकर राना सुमित महर्जन कृष्ण कार्की यू१९ विश्वकप खेलेका दिपेश कँडेल पनि छन् । विदेशी खेलाडीको आगमनपछि काठमान्डु टिम सन्तुलित देखिएको छ ।

यस्तै, चितवनको कप्तान युवा भएपनि टिममा भने युवा र भेट्रान खेलाडीहरुको मिश्रण छ । चितवनले राष्ट्रिय टिमका अनुभवी खेलाडी शरद भेषावकरलाई समेत अक्सनबाट अनुबन्ध गरेको छ । यस्तै हाल राष्ट्रिय टिममा रहेका बाँयाहाते मिडियम पेसर रिजन ढकाल छन् ।

यस्तै, विदेशी खेलाडीमा पाकिस्तानका भेट्रान बलर सोहेल तनविर र इंग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारालाई भित्र्याएको छ । टीयू मैदानमा कुशल मल्लकै कीर्तिमान तोडेका नामिबियाका जान निकोलस लफ्टी इटन पनि चितवन टिममा छन् ।
चितवनले इंग्ल्याण्डकै युवा ब्याटर लुक बेन्केन्सटाइनलाई पनि अनुबन्ध गरेको छ भने यस टिममा अफगानिस्तानका स्टार मोहम्मद नावीका छोरा हसन इसिखिल पनि छन् ।

काठमान्डु टिममा नेपालमा आएर खेलिसकेका दुई खेलाडीसहित इंग्ल्याण्डकै तीन खेलाडी छ । काठमाडौंले अनुबन्ध गरेकोमध्ये नामिबियाका कप्तान जेरार्ड एरासमस र नेदरल्याण्ड्सका युवा ओपनर माइकल लेभिटले नेपालमा खेलिसकेका छन् । यसबाहेक बिग बास लिगमा पर्थ स्कोरचर्सबाट खेलिसकेका स्टेफेन इस्किनाजीसहित अलराउण्डरद्वय डान डौथवेट र नाथन सोटर छन् ।  चितवनलाई भने प्रतियोगिता खेल्नुअघि नै धक्का लाग्यो । अक्सनमाबाट अनुबन्ध गरेका पेस बलर नेपालका कमल सिंह ऐरी र दक्षिण अफ्रिकी स्टार मर्चेन्ट डे लाङ घाइते हुँदा सुरुमै बाहिरिए ।

विदेशी खेलाडीको आगमन अनी युवा कुशल मल्ल र भेट्रान शरदको साथमा चितवनको मिडल अर्डर बलियो देखिएपनि ओपनिङ र बलिङमा भने केही कमजोर देखिएको छ । यसबाहेक अन्य नाम चलेका खेलाडी चितवन टिममा छैनन् । विदेशी खेलाडीको साथमा बलियो देखिएको काठमान्डु र युवा तथा भेट्रानको मिश्रण रहेको बागमती ड्रबी खेल रोमाञ्चक हुन सक्छ ।

Nabintech