७ पुष २०८१, आईतवार
आठ जना डीआईजीहरूलाई दर्ज्यानी चिन्ह

  • टाइम्स संवाददाता

  • १७ मंसिर २०८१, सोमबार १९:५७

काठमाडौं – नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका आठ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।  गृहमन्त्रीस्तरीय निर्णयअनुसार बढुवा भएका आठ डीआईजीलाई प्रहरी महानिरीक्षक ९आईजीपी० बसन्त बहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा डीआईजीहरू ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विकले दर्ज्यानी चिह्न लगाए ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्नबाट सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । नेपाल प्रहरी संगठनमा आवद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता, कार्यकुशलता, पेशागत दक्षता एवम् इमानदारीताको मूल्यांकनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा समेत उत्कृष्ट ढंगबाट कार्यसम्पादन हुने विश्वास व्यक्त गरे । पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले अझै खरो रूपमा उत्रिले विश्वास लिएको बताए ।

Nabintech