१९ मंसिर २०८१, बुधबार
एनपीएल : पोखरा ८७ रनले पराजित, चितवनले मारयो बाजी

  • टाइम्स संवाददाता

  • १८ मंसिर २०८१, मंगलवार १८:३५

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा पराजित भएको छ । आज भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको हो । चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर १ बलमा ७४ रनमा समेटिन बाध्य भएको हो ।

पोखराका लागि नारायण जोशीले मा सर्वाधिक ३० रन जोडे पनि सो खेलमा मार्कस क्रिचलले १७ रन जोड्दा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्था भोग्नु प(यो ।  कप्तान कप्तान तथा ओपनर कुशल भुर्तेल शून्यमा बाहिरिए पछि सो खेलमा दिलिप नाथ ४, बास डे लिड शून्य, किरण ठगुन्ना १, दिनेश खरेल १, रायमन रेइफर १, विपीन खत्री ९ र माइकल लिस्क शून्य रनमा आउट हुनु परेको थियो ।

उता, बलिङमा चितवनका शोहिल तन्भिर, लुक बेन्केनस्टाइन र रिजन ढकालले ३–३ विकेट लिएका छन् । तन्भिरले पहिलो ओभर र रिजनले चौथो ओभरमा ३–३ विकेट लिन सफल भएका थिए । टस हारेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रनको लक्ष्य दिएको थियो ।

Nabintech