११ बैशाख २०८२, बिहीबार
जाजरकोटमा बोलेरो दुर्घटना स् दुई जनाको मृत्यु, एक घाइते

  • टाइम्स संवाददाता

  • २० मंसिर २०८१, बिहीबार ०६:१३

जाजरकोट- जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग अन्तरगत भेरी नगरपालिका ९ नुवागाउँमा  बुधबार साँझ ८ बजेतिर दुर्घटना भएको हो। भेरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद शर्माले दुर्घटनामा दुई जनाको मृत्यु भएको र अर्को एक जना घाइते भएको जानकारी दिनुभएको हो।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले दुर्घटनाको खबर पाए लगत्तै प्रहरी  घटनास्थलतर्फ गएको जानकारी दिनुभएको छ।  दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Nabintech