२७ मंसिर २०८१, बिहीबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विस्फोटमा मृत्यु

  • टाइम्स संवाददाता

  • २७ मंसिर २०८१, बिहीबार ०५:४५

काबुल- अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा बुधबार मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको सरकारी स्रोतले एएफपीलाई बताएको छ । अधिकारीले भन्नुभयो,“दुर्भाग्यवश शरणार्थी मन्त्रालयमा विस्फोट भयो र मन्त्री खलील उर–रहमान हक्कानी आफ्ना केही सहकर्मीहरूसहित शहीद भए ।” तालिवानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूका लागि जिम्मेवार हक्कानी नेटवर्कको स्थापना गर्ने जलालुद्दीन हक्कानीका भाइ थिए । उहाँ वर्तमान आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका पनि थिए ।

प्रान्तीय गभर्नर, कमाण्डर र धार्मिक धर्मगुरुहरू सत्तामा फर्किएपछि धेरै वरिष्ठ तालिबान नेताहरू मारिएका छन्, जसमा अधिकांश आक्रमणहरू इस्लामिक स्टेट समूहले दावी गरेको छ । तालिबानले सन् २०२१ मा देशमा कब्जा गरेपछि संयुक्त राज्य अमेरिका र नाटोको नेतृत्वमा विदेशी सेनाहरू विरुद्धको युद्ध समाप्त भएको थियो । रासस, एएफपी

Nabintech