७ पुष २०८१, आईतवार
बाँके राष्ट्रिय निकुन्ज अब बाघ अवलोकनको हव बन्ने : उपनिर्देशक ढकाल

  • टाइम्स संवाददाता

  • १ पुष २०८१, सोमबार २०:१९

कोहलपुर  : बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्या पर्यटन प्रबर्धनको लागी प्रकृति पथ प्रदर्शक तालिमको शुरुवात गरिएको छ ।
कार्यक्रमका प्रमुख अथिती राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण बिभागका उपनिर्देशक एब प्रवक्ता वेद कुमार ढकालले छोटो समयमा बाँके राष्ट्रिय निकुन्जले मध्यवर्ती क्षेत्रको ब्यवस्थापन ,संरक्षणमा मध्यवर्ती क्षेत्रका जनताको साथ सहयोग , संरक्षणमा जनतालाई अभिप्ररित गर्नको लागी साझेदार सस्थाहरुले खेलेको भुमिकाका कारण अहिले निकुन्जमा बन्यजन्तुको बास्थान देखि बन्यजन्तु समेत बढदै गएको बताउनु भयो । यसले पानीका मुहानहरुमा समेत संरक्षण हुदै गएको समेत बताउनु भयो ।बाघ अबलोकन गर्नको लागी सबैको केन्द्र यो निकुन्ज बनाउनको लागी सबै एक हुदै यहाका नागरिकहरुलाई आयआर्जनमा जोडन समेत निकुन्ज सफल हुदै गएको बताउनु भयो ।


बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भित्र रहेका युवायुवतीहरुलाई लक्षित गरेर तालिम सन्चालन गरिएको हो । निकुन्ज स्थापनाको १४ बर्ष बितीसक्दा समेत निकुन्जले पर्यटन प्रर्बधनमा खासै उपलब्धी हासिल गर्न नसकेकोमा सबै सरोकारवालहरुले चिन्ता समेत ब्यक्त गरेका थिए । अब संरक्षणको दुतका रुपमा रहेका नेचरगाइहरुलाई दक्ष बनाउदै आन्तरिक तथा बाह्य पर्यटक प्रर्बधनमा जोडदै पर्यटन भित्राउनको लागी यो उपलब्धी मुलक भएको बाँके राष्ट्रिय निकुन्जका बरिष्ठ संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कडेलले बताउनु भयो ।

बाँके राष्ट्रिय निकुन्जमा बाघ अबलोकन सजिलै गर्न सकिने प्रवल सम्भावन समेत रहेको छ , त्यसै गरि दर्लभ चौकासमेत हेर्न सकिन्छ भने अन्य बन्यजन्तुलाई सजिलै अबलोकन गर्न सकिने भएको हुदा बाँके राष्ट्रिय निकुन्ज सबैको लागी अब आकर्षणको केन्द्र समेत बन्न थालेको हुदा बन्यजन्तुको बासस्थान ब्यवस्थापनका कामहरु समेत भइसकेको बरिष्ठ संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कडेलले बताउनु भयो ।
मानव वन्यजन्तु वीचको द्धन्द्ध ब्यवस्थापन गर्दै बाघबाट डर नभएर डलर समेत आयआर्जनज गर्न सकिने भएको हुदा सबैको संरक्षणमा साझा प्रतिबद्धता हुन आबश्यक रहेको बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गहेन्द्र कुमार खडकाले बताउनु भयो ।
संरक्षण गरेर हामीले बिस्तारै उपलब्धीहरु पाउन थालेको उहाको भनाइरहेको छ ।बेरोजगार युवाहरुलाई आत्मनिभर बनाउनको लागी तालिम सन्चालन भएका छन ,पर्यटन प्रबर्धनको लागी पथ प्रदर्शक तालिम लिएका युवाहरुले ठुलो सम्भवना बोकेको हुदा कटिबद्ध भएमा प्रतिफल चाडै पाउन सफल हुने उहाको भनाई रहेको छ ।
निकुन्ज आसपासका नदि छेउहरुमा रफाटिङ्ग सन्चालनको लागी नितीगत समस्याहरुलाई समाधान गर्दै पर्यटन प्रर्बधन गर्नु पर्ने बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गहेन्द्र कुमार खडकाले बताउनु भयो । प्रकृति पथ प्रदर्शक तालिम १० दिन सम्म सन्चालन हुने छ ।कार्यक्रममा संरक्षण साझेदार सस्था इलम परियोजना , इन्रुडेक बाँके, रिन्युएव वल्ड लगायतका सस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।कार्यक्रम जेडएसएल नेपालको आर्थिक सहयोगमा सन्चालन भएको जेडएसएल नेपालका प्रदिप सेढाइले बताउनु भयो ।

Nabintech