२७ फाल्गुन २०८१, मंगलवार
सुर्खेतमा घरभित्रै कोइलाको धुवाँले निसास्सिएर आमा-छोराको मृत्यु, छोरी घाइते

  • टाइम्स संवाददाता

  • ४ पुष २०८१, बिहीबार १८:२१

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(४ भैरवस्थानमा बुधवार राति घरभित्रै निसास्सिएर आमा-छोराको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सुर्खेका अनुसार मृत्यु हुनेमा भैरवस्थानका ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापा रहेका छन् । त्यस्तै, ९ वर्षीय छोरी रिया थापा भने घाइते भएका छन् ।  एक स्थानीयका अनुसार बेलुका खाना खाएर सुतेको र‌ बिहान अबेरसम्म कोही बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीका अनुसार घरभित्र कोइला बालेको र धुवाँले निसास्सिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छोरी रियाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

Nabintech