कोहलपुर : जनआस्था बहुउदेश्य सहकारी सस्थाको १७ औ बार्षिक साधारण सभा कोहलपुरमा सम्पन्न भएको छ ।
साधारण सभाका प्रमुख अथिती कोहलपुर नगरपालिका उद्योग तथा सहकारी शाखाका प्रमुख अग्नि प्रसाद आर्चायले पछिल्लो समयमा सहकारीहरुमा देखिएका केही समस्याहरुले गर्दा इमान्दारीताका साथ काम गर्ने सहकारीहरु प्रति बचत कर्ताको बिश्वस कम हुदै गएको बताउनु भयो । उहाले बचत कर्ता स्वयं सचेत समेत हुनु पर्ने बताउनु भएको थियो ।सहकारीबाट ऋण लिएकाहरुले जुन उदेश्यको लागी ऋण लिएको हो त्यही प्रयोजनको लागी प्रयोग गर्न समेत उहाले सुझाव दिनु भएको थियो ।
कोहलपुर क्षेत्रका सहकारी सस्थाहरु मध्ये जनआस्था बहुउदेश्य सहकारी सस्थाको विक्तीय अवस्था राम्रो रहेको उहाले बताउनु भएको थियो ।साधारण सभामा जिल्ला सहकारी सघका सदस्य जानकी पुनले जन आस्था बहुउदेश्य सहकारी सस्था कोहलपुर क्षेत्रमा राम्रो सहकारी रहेको र यसले बचत कर्ताहरुलाई सहजरुपमा ऋण प्रभाह गरेको हुदा साहुमाहजनको चर्को ब्यज तिर्नबाट बचत कर्ता जोगिएको बताउनु भयो । इमान्दारीता सबभन्दा ठुलो कुरा भएको हुदा हामीले समयमा ऋणतिर्न पर्ने कुरालाई केही बिर्सन नहुने बताउनु भएको थियो ।
साधारण सभामा सस्थाका अध्यक्ष बिनोद सिहले सस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुको थियो । साधारण सभामा सस्थाका पुर्व अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।