कोहलपुर : बाँकेको बैजनाथ गाउपालिकामा रहेको गाभर भ्यालीको पर्यटकीय क्षेत्र लाइन्स पार्क वरीपरिका नागरिकहरुलाई पर्यटन प्रर्बधनमा जोडन थालिएको छ ।
बाँकेको बैजनाथ गाउपालिका वडा न १ मा अबस्थित रहेको गाभर भ्याली १०० पर्यटकीय गन्तब्य सुचिमा सुचिकृत भए सगै यस क्षेत्रमा पर्यटकीय गतिबिधीहरु च्लायमान भएका छन ।
यस क्षेत्रका नागरिकहरुलाई इको टुरिजममा आश्रित गराउन थालिएको छ भागर भ्याली क्षेत्र उच्च स्थानमा भएकोले लामो समय देखि पानीको ब्यवस्थामा कठिनाइ हुदै आएको थियो १० हजार लिटर पानी संचित गरेर सोलार सिस्टमबाट अहिले बैजनाथ गाउपालिकाको समन्वयमा लिफट पानी सिचाइ परियोजनाको लागु भए पछि यसले पानीको अभाबलाई पुर्ति गर्ने बैजनाथ गापालिका अध्यक्ष प्रकाश बहादु शाही बताउनु भयो । उहाका अनुसार पार्कमा रहेका बोटबिरुवाहरुलाई सदवार हरियाली बानाउदै यस पार्कका माध्यमबाट गाभर भ्याली क्षेत्रका नागरिकहरुलाई पर्यटन प्रर्बधनमा जोडनको लागी गाउपालिकाले समेत बिशेष प्याकेज कार्यक्रम लागु गर्ने अध्यक्ष शाहीले बताउनु भयो ।अहिले इन्रुडेक र रिन्युवल वल्ड को सहकार्यमा पानीको उचित ब्यवस्थाको लागी गरिएको सहयोगले यस क्षेत्रका नागरिकहरुले समेत शुद्ध पिउने पानीको समेत राम्रो ब्यवस्था हुनुका साथै खेतीपातीको लागी सिचाइमा समेत सहयोग पुग्ने बताउनु भयो ।
लाइन्स पार्कमा दैनिक १०० भन्दा बढि आन्तरिक तथा बाह्य जिल्लाका पर्यटकहरु आउने गर्दछन , बिशेष गरि पारिबारीक पिक्नीक र बिद्यालयका बिद्यार्थीहरु यस क्षेत्र घुमिफिरको लागी आउने गर्दछन । पार्कमा रहेका बोटबिरुवालाई सिंचाइको २४ घण्टा पानी हुनेै शौचालयमा पानीको सहज पहुच , पोखरीहरुमा पानीको अभाव नहोस भनेर सोलार लिफट मार्फत पर्यटन प्रर्बधनमा सहयोग हुने गरि कार्य गरिएको रिन्युएवल वल्डका प्रबिधीक प्रतिनिधी सुमन आर्चाय बताउनु भयो । १२ मिटरको उचाइमा स्टिल टंकी राखेर दश हजार लिटर पानी सप्लाइ गरेर पार्क वरिपरि र पोखरीहरुमा प्राकृतिक पानी भए जसरी काम गर्ने बताउनु भएको छ ।यो परियोजना ६० लाखको लागतमा निमार्ण हुने छ भने परियोजनालाई तिब्रगतिमा सक्ने लक्ष्य समते रहेको बताइएको छ ।
लाइन्स पार्कको छेउछाउमा रहेका बस्तीका मानिसहरुलाई शुद्ध खानेपानीको पहुच पुग्नुको साथै आयआर्जनमा समेत सहयोग हुनुका साथै पर्यटन प्रर्बधाका क्रियाकलापमा नागरिकहरुको आकर्षण बढनुका साथै मानव बन्यजन्तु द्धन्द्ध न्युनिकरणमा समेत सहयोग पूग्ने इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायले बताउनु भयो ।
यो पार्कलाई स्तरउन्नती गर्न सकेयो भने यस क्षेत्रकै पर्यटन केन्द्रको हबको रुपमा बिकास गर्न सकिने भएको हुदा यस क्षेत्रमा गर्नु पर्ने सहयोग सबैले गर्नको लागी पार्क ब्यवस्थापन समितीका अध्यक्ष युवराज शाहले वताउनु भयो ।
बन्यजन्तुको संरक्षण ,स्थानीय नागरिकहरुको आयआर्जनमा बृद्धि , आन्तरिक तथा वाह्य पर्यटनकहरुको सख्यामा समेत बृद्धि हुने स्थानीयबासीको अपेक्षा रहेको छ ।
अहिले यस क्षेत्रमा होमस्टे संचालन भएका छन भने यो यहाका नागरिकहरु यस पार्कको उचित ब्यवस्थापन पछि आयआर्जनमा समेत बृद्धि हुुने भरपर्दो माध्यम बन्ने देखिन्छ । यसको लागी बैजनाथ गाउपालिकाले आफ्नो भुमिकालाई सक्रिय बनाउन आबश्यक देखिन्छ ।