८ पुष २०८१, सोमबार
ओली, देउवा र प्रचण्डको सहमति विना लेखा समिति सभापति बदलिंदैन : एमाले

  • टाइम्स संवाददाता

  • ८ पुष २०८१, सोमबार १६:३४

काठमाडौं – नेकपा एमालेका सांसदहरूले राजनीतिक सहमति विना सार्वजनिक लेखा समितिको सभापति नबदलिने बताएका छन् । ‘हिजो एउटा सहमतिको आधारमा नेतृत्व चयन भएको हो । यसकारण केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको सहमति विना लेखा समिति सभापति बदलिंदैन’, एमाले सचिव योगेश भट्टराईले भने ।

लेखा समितिको बैठक बसिरहेको छ । माओवादी सांसद अमनलाल मोदीले समिति सभापति ऋषिकेश पोखरेललाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । एमाले सांसदहरू भट्टराई, गोकुल बास्कोटा लगायतले राजनीतिक सहमति बेगर नेतृत्व परिवर्तन नहुने बताए । ‘फेर्ने भए फेरौं । राष्ट्रिय सभा अध्यक्ष पनि फेरौं’, बास्कोटाले भने ।  शीर्ष नेताको सहमति विना संसद्को पदाधिकारी र समिति सभापतिबारे अन्यथा निर्णय नहुने उनले पनि बताए ।

Nabintech