सामुदायिक विद्यालय स्तरिय छात्रा सीप विकास तालिम कोहलपुर नगरपालिका वडा नं. २ मा सञ्चालन भएको छ । मंगलबार एक कार्यक्रमका बिच तालिमको शुभारम्भ लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गर्नुभएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि उक्त तालिम संचालन गरिएको वडा नं. २ का अध्यक्ष हरिसिंह कठायतले बताउनु भयो । उहाँले कार्यक्रममा बोल्दै वडामा रहेका सामुदायिक विद्यालय शिवशक्ति आधारभुत र मुक्ति आधारभुत विद्यालयका छात्राहरुलाई लच्छित गरि तालिमको आयोजना गरिएको उहाँले बताउनु भयो । यस्तै वडा कार्यालयले यस भन्दा पहिला विद्यालयका भाई बहिनीहरुका लागि उद््घोषण तालिम र अन्य कार्यक्रमको सफलता पछि यो छात्राहरुलाई रिबन र अन्य हस्तकला निर्माणका लागि तालिमको आयोजना गरिएको अध्यक्ष कठायतले बताउनु भयो । यो तालिम एक हप्तासम्म संचालन हुने छ भने आर्थिक सहयोग कोहलपुर नगरपालिका वडा नं. २ र कबिराज फाउण्डेसन नेपालले यसको सहजीकरण गर्नेछ । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मन्त्री प्रचण्ड विक्रम न्यौपानेले यसरी सीपमुलक तालिमको आयोजना गर्नु वडाको सराहनीय कार्य भएको भन्दै प्रशंसा समेत गर्नुभएको थियो । उहाँले यसरी हस्तकलात्मक सीप विकासले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउने भन्दै आगामी दिनहरुमा मन्त्रालयपनि सहयोग गर्नकालागि इच्छुक भएको बताउनु भयो ।
सीप सिकेर स्वरोजगार बन्नुनै अहिलेको आबश्यकता रहेको भन्दै उहाँदे प्रदेश मातहत मन्त्रालयले पनि बिभिन्न फर्महरु संकलन गरि व्यक्तिका रची अनुसारका सीपहरु सिकाउन तयार रहेको बताउनु भयो । यस्तै उहाँले फरक प्रशंगमा कोहलपुर कर्णाली, सुदूर र लुम्बिनीको केन्द्र बिन्दु भएको हुदा यहाँका यातायात व्यवसायीहरुलाई मध्यनजर गर्दै यातायातको सेवा कार्यालय कोहलपुरबाट छिट्टै संचालन हुने पनि बताउनु भयो । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. द्द का स्थाीय, विद्यार्थी शिक्षक राजनितिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।