बाँके: जनाथ गाउँ पालिका खेलकुद विकास समितिको आयोजनामा मिति २०८१ पौष १३ देखि १६ सम्म तेश्रो उप प्रमुख कप बैजनाथ गाउँ पालिका स्तरीय अन्तर खेलकुद प्रतियोगिता -२०८१ को तयारी सँगै लोगो सार्बजनिक गरिएको छ। राष्ट्रपती रनिङ्ग शिल्डमा बैजनाथ गाउँ पालिका अन्तर्गतका सम्पूर्ण आधारभुत विद्यालय (१-८) र माध्यमिक विद्यालय तहका सम्पूर्ण बिद्यालयहरु जम्मा ४२ बिद्यालय टिम दर्ता भैसकेका छन् ।
प्रतियोगिताको सबै तयारी पूरा भएको बैजनाथ गाउँपालिका खेलकुद बिकास समिति संयोजक लाल बहादुर थारुले बताउनुभएको छ। बैजनाथ गाउँपालिका स्तरीय खेलमैदान बैजनाथ गाउँ पालिका वार्ड ६ लालपुर खेल मैदानमा सहभागी खेलहरु खेलाईने भएको छ। खेलकुद प्रतियोगितामा ४० जना युवा परिचालन गरिने छ। स्वयंसेवकको जिम्मेवारी न्यु जर्नी युथ क्लबलाई प्रदान गरिएको छ।युवा स्वयंसेवक संयोजक प्रकाश बुढाथोकीलाई जिम्मेवारी प्रदान गरिएको छ।ब्यवस्थापनको जिम्मेवारी पाएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओरी लालपुरका शिक्षक दुर्गा बहादुर ओली श्यामले खेलकुदका लागि सबै तयारी पूरा भएको बताउनुभएको छ। मार्सलको खेलकुद प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, राजनीतिज्ञ , समाजसेवी, व्यापारी , शिक्षक, कर्मचारी, खेलप्रेमी तथा सम्पूर्ण दिदि बहिनिदाजुभाइ लगायत सम्पूर्ण स्थानीयलाई हार्दिक अनुरोध गरिएको शिक्षा शाखा कर्मचारी लाल बहादुर बोहराले जानकारी दिनुभयो ।