कोहलपुरमा जारी महोत्सवमा पार्किङ अस्तव्यस्त रहेको छ भने जुवा खेलाउने प्रसस्त ठाउँहरु भेटिन्छन । नेपाल आदीवासी जनजाति महासंघ कोहलपुर परिषद्ले आयोजना गरेको मेलामा सट्टेबासी बढ्दै गएको छ । कोहलपुर नगरपालिका संरक्षक रहेको उक्त मेलामा अनुमति बिनाका खेल खेलाएर दर्शकलाई झुक्काउने काम भइरहेको स्थानीहरुको भनाई रहेको छ ।
यस्तै कोहलपुरमा लगाइएको जनजातीहरुको भेष भुषा कला संस्कृति र मौलिक परिकार जोगेर्ना गर्नका लगी लगायएको मेलामा कला संस्कृति प्रबद्र्धन भन्दा पनि पैसा कमाउनमा आयोजक बढि केन्द्रित भएको छ ।
प्रथम कृषि पर्यटन प्रबद्र्धन व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव नाम दिएकोमा नाम अनुसारको मेला नभएको कोहलपुरका व्यापारीहरुको भनाई रहेको छ । यस्तो मेला त कोहलपुर उद्योग बाणिज्य संघले आयोजना गरेको जस्तो मेला संचालन गर्नुले जनजातीको नाम भजाइ खाने भाडोको रुपमा रहेको स्थानीयहरुले बताउने गरेका छन ।
मेला आयोजकले स्टल ब्यवस्थापनमा पनि त्यति चासो नदिदा स्टल व्यापारी पनि मर्कामा परेको एक स्टल व्यवसायीले बताए । मेला आयोजकले खाजाका स्टलहरु ५० ÷ ५५ हजारमा बिक्रि गरेको भएता पनि आयोजकले गर्ने व्यवहारमा समानता नभएको एक स्टल व्यवसायीले गुनासो गरे । उनले भने हामी स्थानीय ठाउँबाट आएको हुदा लापरबाही गरेको र अन्तमा आफुहरुपनि पुरा पैसा तिर्न नसक्ने उनले बताए ।
यस्तै कोहलपुरमा जारी महोत्सवमा गरिएको पार्किङमा पनि अनाधिकृत रुपमा रकम संकलन गरिएको छ । पार्किङमा कारको एक सय तिन पांग्रे सवारीका लागि रु ८० र मोटरसाइकलका लागि रु ५० रुपैया लगाउदा सर्बसाधारणलाई असहजता भैरहेको छ ।
कोहलपुरमा लगाएका मेलाहरु स्थानीय बजारलाई प्रबद्र्धन गर्ने भन्दा पनि ठेकेदार कम्पनी र आयोजक मोटाउने काम बाहेक अन्य कुनै असर नपर्ने गरेको यस भन्दा अघिका मेलामा पनि सहजै हेर्न सकिन्थियो । तर प्रथम कृषि पर्यटन प्रबद्र्धन व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सवपनि त्यहि धारमा अगाडी बढ्दै गएको सहजै अनुमान गर्न सकिन्छ । तर अगुमगन गरर्ने अधिकार पाएको निकायको पनि यसमा त्यति धेरै चासो नभएको सहजै अनुमान गर्न सकिन्छ ।
मेला आयोजकहरुमा पनि मतभेद हुदा जिम्मेवारी पाएका ब्यक्तिहरु पनि सम्पर्कमा नआउदा मेलामा व्यवसाय गर्दै आएका ब्यापरीहरुलाई समस्या हुदै आएको छ ।
यस विषयमा बुझ्न खोज्दा मेलाका संयोजक कृष्ण पुनको फोन नं। ९८४८०५२२४९ उठेनभने मेला व्यवस्थापक अजय पुनको मोबालई स्विच अफ रहेको थियो ।