कोहलपुर- जिल्लाको कोहलपुर–११स्थित खुल्ला मैदानमा जारी कोहलपुर महोत्सवको तेस्रो दिन ख्याती प्राप्त राष्ट्रियस्तरका कलाकारहरुले बेजोड प्रस्तुति दिएका छन् । पुस ९ गते सुरु भएको महोत्सवमा पछिल्लो समय निकैै चर्चामा रहेकी गायिका शान्ता रानी परियार, युवामाझ निकै लोकप्रिय गायक कमल खत्री, लोक तथा दोहोरी गायक कमल बिसी माल्दाई र कृश क्षेत्री लगायतले कोहलपुर महोत्सवलाई तताए । उनीहरुको बेजोड प्रस्तुतिमा दर्शकहरु निक्कै झुमेका थिए ।
बिहीबार महोत्सवको आर्कषणको केन्द्र थिइन्,गायिका शान्ता रानी परियार । उनको पछिल्लो गीत ‘म त ढले ढले’बोलको गीत निकै चर्चित छ । यहीँ गीतका कारण उनी देश विदेशमा निकै रुचाइएकी छिन् । पहिलोपटक कोहलपुरमा आएकी उनलाई उक्त गीत दर्शकको मागपछि दोस्रोपटकसम्म गाउनु परेको थियो । उक्त गीतमा दर्शकहरुले निकै मनोरञ्जन लिएको देख्न सकिन्थ्यौ ।
उनले फुलमाया,शिरफुल र म त ढले ढले लगायतका गीतहरु प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिएकी थिइन् । यस्तै,महोत्सवमा लोक तथा दोहोरी गायक कमल विसी माल्दाइले डोरी बाटेर,बर्दियामा घर छ,मलाई के को डर छ, दोहोरी ब्याटल प्रस्तुत गरे । उनको प्रस्तुतिमा दर्शकहरुले धुलो उडाएका थिए ।
सबै दर्शकहरु छेउमा पुगेर आफ्ना गीतहरु गाउँदा गायक विसीले आफ्नो क्षेत्रमा गीत प्रस्तुत गर्न पाउँदा खुसी महशुस भएको बताएका थिए । उनी बर्दियाका हुन् । त्यस्तै गायक कृश क्षेत्रीले सानुमाया कति दामी,आली खेतैको,सिस्ने हिमाल,लगायतका गीतहरु प्रस्तुत गरेका थिए । युवा पुस्ताको रोजाइमा पर्ने गायक कमल खत्रीले मायामा परेर,कोरेर प्रेमपत्र लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।
थारु गायक खेम भगोरियाले थारु भाषका गीत गाएर महोत्सवलाई मौलिकपन दिए । स्थानीय कर्णाली रोधीघरका कलाकारहरु दोहोरी प्रस्तुत गरेका थिए । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव ९एस्पो–२०८१०’ भव्य रुपमा सञ्चालन भइरहेको छ ।
आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् । महोत्सवका मुख्य आकर्षकका रुपमा ,महोत्सवमा बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,हात्ती सफारी,उँट प्रर्दशनी,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
भोली पुस १२ गते आउने कलाकार
महोत्सवको चौथो दिनपनि स्थानीय तथा राष्ट्रियस्तर कलाकारहरुको प्रस्तुति रहनेछन् । भोलीको मुख्य आकर्षणको रुपमा लोक तथा दोहोरी गायिका पुर्णकला विसी,सोनु कुश्मी,गायक विष्णु सिंजाली मगर,हाँस्य कलाकार शिव शंकर रिजाल ९जोगेन्द्र० सुरेन्द्र केसी ९मुल साग० र गायक डिराज पौडेल लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।