१३ पुष २०८१, शनिबार
सिद्धेश्वरलाई राष्ट्रपति रनिङ शिल्ड तथा सातौं अध्यक्ष कपको उपाधि

लक्ष्मी मावि मदुईले दोस्रो स्थानमा चित्त बुझायो


  • टाइम्स संवाददाता

  • १३ पुष २०८१, शनिबार ०७:५९

बाँके: १७ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा सातौं राप्ती सोनारी गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि सिद्धेश्वर माध्यामिक बिद्यालय सिधनवा, फत्तेपुरले हात पारेको छ । शिवशक्ति माध्यामिक बिद्यालयको ब्यवस्थापनमा राप्ती सोनारी गाउँपालिका खेलकुद शाखाले सम्शेरगन्जस्थित पेरानीमा उक्त प्रतियोगिता सञ्चालन गरेको थियो ।

समापन समारोहमा शुक्रबार राप्ती सोनारी ६ मा रहेको शिद्धेश्वर माविलाई प्रथम घोषणा गरियो । शिद्धेश्वर प्रथम भएसँगै उसले शिल्ड उचालेको छ । खेलकुद शाखाले दिएको जानकारी अनुसार शिद्धेश्वर माविले १६ वटा स्वर्ण, ४ वटा रजत र ४ वटा काश्य पदक हात पारेको छ । यस्तै दोस्रो स्थानमा चित्त बुझाएको लक्ष्मी माध्यामिक बिद्यालय मदुईले ८ स्वर्ण, ४ रजत र १० काश्य पदक जितेको छ । उक्त बिद्यालय राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा अवस्थित छ ।

यसैगरी शिवशक्ति माध्यामिक बिद्यालय पेरानी राप्ती सोनारी ८ ले ६ स्वर्ण, १२ रजत र ९ काश्य पदक जितेर तेस्रो स्थान सुरक्षित गरेको शिवशक्ति माविका प्रधानाध्यापक पुष्कर खड्काले जानकारी दिए । प्रतियोगिताका विजेतालाई राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलसहित विभिन्न अतिथीले पुरस्कृत गरेका थिए । उक्त प्रतियोगिता बुधबारबाट सञ्चालनमा आएको थियो ।

Nabintech